७ पुस २०८२, सोमबार | December 22, 2025

नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्छ : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । भक्तपुरमा इको युथ नेपालले आज आयोजना गरेको इतिहासमै पहिलो र सबैभन्दा ठूलो मेकअप (शृङ्गारिक कला) कार्यशालाको समापनमा उनले सामन्तवादको छालमा महिलाहरू विभेद, अन्याय र अत्याचारको अवस्थाको अन्त्य गर्दै महिला मुक्तिका लागि अगाडि बढिरहेको बताए…