काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा आज बाँडफाँट हुँदैछ । आज बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको सेयरमा सर्वसाधारणबाट मागभन्दा ४.१९…