काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवाबारे जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा सुरु गरेको छ । टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा सुरु भएको हो । टेलिकमका अनुसार कम्पनीको वेबसाइट (www.ntc.net.np) खोल्नासाथ शुुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा…