१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नाइजेरियाकी ओकोन्जो विश्व व्यापार संगठनको प्रमुखमा नियुक्त



जेनेभा । नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त भएकी छिन्। डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनु परेको डब्लुटिओलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरुलाई राहत प्रदान गर्न डब्लुटिओको काँधमा ठूलो जिम्मेवारी छ ।

व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लुटिओ धेरै मुलुकको चाहना रहेको बताएकी छिन् ।

नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन । उनलाई डब्लुटिओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट मतदान गरेका थिए ।

लगभग निस्कृय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटिओलाई पुनर्जीवित तुल्याउनु पनि ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ । महानिर्देशक पदमा विजयी भएसँगै उनले भनिन, “कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तिब्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्लुटिओ निकै महत्वपूर्ण छ ।”

उनले डब्लुटिओका सामुन्ने धेरै चुनौतीहरु रहेका छन् भन्दै मिलेर कार्य गरिए डब्लुटिओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिने बताइन ।

ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्नेछिन् र उनको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ ।

एक जना पश्चिमी मुलुकका कुटनीतिज्ञले ओकोन्जो महिला भएको वा अफ्रिकाकी भएकैले नछानिएको बताउँदै डब्लुटिओका सामुन्ने उत्पन्न चुनौतीलाई सामना गर्नसक्ने योग्यता, अनुभव र गुण ओकोन्जोमा रहेको स्पष्ट गरिन ।

जेनेभामा मुख्यालय रहेको डब्लुटिओ गत वर्ष अगष्टदेखि नै नेतृत्वविहीन छ । एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटिओमा नयाँ प्रमुखको नियुक्ती हुन सकेको थिएन ।

विश्वका १६४ मुलुक सदस्य रहेको यस संस्थाको नेतृत्व चयन सहमतिका आधारमा गर्ने प्रचलन रहिआएको छ ।

शुरुमा आठ जना उम्मेदवार रहेपनि गत नोभेम्बरमा तीमध्ये एक व्यक्तिको नाम सिफारिस गरिएको थियो । तर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ओकोन्जोको नाममा असहमति जनाएर विवाद खडा गरिदिएको थियो ।

ट्रम्प प्रशासनले दक्षिण कोरियाली व्यापार मन्त्री यू म्युङ–हीलाई नियुक्त गर्न चाहेको थियो । तर अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन नियुक्त हुने पक्का भएपछि म्युङ–हीले आफ्नो नाम सम्भावित सूचीबाट हटाएका थिए । बाइडेन प्रशासनले ओकोन्जोको नामलाई अनुमोदन गर्ने संकेत गरेको थियो ।

अमेरिकी कूटनीतिज्ञ डेभिड बिस्बीले संयुक्तराज्य अमेरिका डा ओकोन्जोसँग मिलेर कार्य गर्न इच्छुक रहेको बताएका थिए ।

सन् १९९५ मा डब्लुटिओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौं व्यक्ति भएका छन् । नाइजेरियाली ओकोन्जोको महानिर्देशक पदमा नियुक्तिका लागि संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अफ्रिकाले समर्थन जनाएका थिए ।

यतिबेला डब्लुटिओ धेरै किसिमका चुनौतीको घेरामा परेको छ । कोभिड–१९ शुरु हुनुअघि नै विश्व अर्थतन्त्रमा संकट देखिएका थिए । डब्लुटिओले व्यापार वार्तालाई सहजीकरण गर्न सकिरहेको थिएन भने संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई मत्थर बनाउन असमर्थ भएको थियो ।

डब्लुटिओमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार आक्रमण गरिरहेको थियो । अमेरिकाले सन् २०१९ को अन्त्यतिर डब्लुटिओको विवाद समाधान अपिल प्रणालीमा आवश्यक न्यायाधीश नियुक्तीमा अवरोध गरिदिएको थियो ।

युरोपेली आयोगकी प्रमुृख उर्सुला भोन डर लियेनले ओकोन्जोको नियुक्ती विश्वकै लागि ऐतिहासिक क्षण भएको बताइन । उनले ओकोन्जोलाई युरोपले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ३ : ०२ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर