१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजार भन्दा बढी व्यक्तिहरू रोजगारीमा



काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ हजार भन्दा बढी ब्यक्तिहरु रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १ सय ६४ जना बेरोजगारको विवरण आएकोमध्ये १५ हजार ६ सय ७० जना ब्यक्तिहरु कामको लागि पारिश्रमिक तर्फ रोजगारीमा खटिएको बताएका हुन् ।

चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कार्यरत २ लाख जना श्रमिकहरुको सामुहिक दुर्घटना विमा गरिएको पनि जानकारी दिए ।

मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन भएको बताए । उनले हालसम्म ९ वटा देशहरुसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको र ५ वटा देशहरुसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाईएको पनि बताए ।

कोभिड १९ को कारणले विदेशमा रोजगारी गुमाई अलपत्र परेका १ सय ८७ जना कामदारलाई उद्दार गरिसकिएको र थप ३ महिलासहित ३९ जनाको उद्दारका लागि विभिन्न दुतावासहरुमा पत्राचार गरिएको उहाँले जानकारी दिए ।

मन्त्री चौधरीले विभिन्न ऐन, नियम, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु संशोधन तथा जारी भएको पनि जानकारी दिए । वैदेशिक रोजगार बोर्डबाट बैदेशिक रोजगारीमा मृत्यु भएका ६ सय ८८ जना मृतकका परिवारलाई ४८ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको, अंगभंग भएका ६० जना कामदारलाई २ करोड ७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको, ४२५ जना कामदारको शव घर ठेगानामा पु-याइएको र १७३ जनाको शव सम्बन्धित देशमा नै अन्त्येष्टि गरिएको उनको भनाइ छ । उनले सामाजिक सुरक्षा योजना संशोधन कार्यविधि २०७५ मा दोस्रो संशोधन भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : १८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग