११ श्रावण २०८३, सोमबार | July 27, 2026

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजार भन्दा बढी व्यक्तिहरू रोजगारीमा



काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ हजार भन्दा बढी ब्यक्तिहरु रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १ सय ६४ जना बेरोजगारको विवरण आएकोमध्ये १५ हजार ६ सय ७० जना ब्यक्तिहरु कामको लागि पारिश्रमिक तर्फ रोजगारीमा खटिएको बताएका हुन् ।

चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कार्यरत २ लाख जना श्रमिकहरुको सामुहिक दुर्घटना विमा गरिएको पनि जानकारी दिए ।

मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन भएको बताए । उनले हालसम्म ९ वटा देशहरुसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको र ५ वटा देशहरुसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाईएको पनि बताए ।

कोभिड १९ को कारणले विदेशमा रोजगारी गुमाई अलपत्र परेका १ सय ८७ जना कामदारलाई उद्दार गरिसकिएको र थप ३ महिलासहित ३९ जनाको उद्दारका लागि विभिन्न दुतावासहरुमा पत्राचार गरिएको उहाँले जानकारी दिए ।

मन्त्री चौधरीले विभिन्न ऐन, नियम, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु संशोधन तथा जारी भएको पनि जानकारी दिए । वैदेशिक रोजगार बोर्डबाट बैदेशिक रोजगारीमा मृत्यु भएका ६ सय ८८ जना मृतकका परिवारलाई ४८ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको, अंगभंग भएका ६० जना कामदारलाई २ करोड ७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको, ४२५ जना कामदारको शव घर ठेगानामा पु-याइएको र १७३ जनाको शव सम्बन्धित देशमा नै अन्त्येष्टि गरिएको उनको भनाइ छ । उनले सामाजिक सुरक्षा योजना संशोधन कार्यविधि २०७५ मा दोस्रो संशोधन भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : १८ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा