२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यस अघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।…