२० असार २०८३, शनिबार | July 4, 2026

टी-२० विश्वकप : नेदरल्याण्डसमाथि दक्षिण अफ्रिकाको संघर्षपूर्ण जित



काठमाडौं । दक्षिण अफ्रिकाले नेदरल्याण्डसविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह डी को खेलमा दक्षिण अफ्रीकाले नेदरल्याण्डसलाई ४ विकेटले पराजित गरेको हो । गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले दिएको केवल १०४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दक्षिण अफ्रीकाको जितमा डेभिड मिलरले अविजित ५९ रन बनाएका थिए भने क्रिस्टन स्ट्ब्सले ३३ रन बनाएका थिए । नेदरल्याण्डसले यस खेलमा दक्षिण अफ्रिकालाई शुरुदेखि नै दबाबमा राखेको थियो । शुन्यमै पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले १२ रन बनाउदा आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो । तर स्ट्ब्स र मिलरले सुझबुझपूर्ण ब्याटिंग गरेपछि जित दिलाएका थिए ।

नेदरल्याण्डसका लागि भिभीयन किन्ग्मा र लोगन भान बीकले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै १०३ रन बनाएको थियो । नेदरल्याण्डसका लागी साइब्राण्ड एंगेलब्रेचले ४० रन बनाएका थिए भने लोगान भन बीकले २३ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर ओटनेइल बार्टमानले ४ विकेट लिए भने एनरीच नोकिया र मार्को जानसेनले २-२ विकेट लिएका थिए ।

यो जितपछि समुह डी मा दक्षिण अफ्रिकाको २ खेलमा दुवै जितसहित ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको भने २ खेलमा २ अंक रहेको छ ।

अब अर्को खेल दक्षिण अफ्रिकाले जुन १० मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ भने नेदरल्याण्डसले जुन १३ मा बंगलादेशविरुद्ध नै खेल्ने छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : ०८ बजे

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण प्रदर्शन गर्दै