६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

टी-२० विश्वकप : श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर मयप्पनकाे ‘ह्याट्रिक’

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् । खेलकाे १५ औँ ओभरकाे अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक गरेका हुन् । उनले श्रीलङ्काका भानुका राजपाक्ष, चरिता असलङ्का र दसुन सनाकाकाे विकेट लिएका हुन् । मयप्पन टी-२० विश्व कपमा ह्याट्रिक लिने पाँचाैँ बलर बनेका छन्…