काठमाडौं । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् । सदनमा एमालले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए । एमालेले राखेको माग सम्बोधनविना हुने कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने उनले बताए । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित…