काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्युको घटनामा सङ्लग्नलाई कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै उनले भने, “रिङ्कु सदाको घटनामा जति पनि मानिस सङ्लग्न छन्, अपराधमा सङ्लग्न भएका मानिसलाई सक्रियताका साथ खोजतलास गर्ने, अनुसन्धान गर्ने…