१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सत्तारूढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागि रहेका छन् : अध्यक्ष लिङ्देन



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारलाई संरक्षण गर्न बनाएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले काँग्रेस–एमालेको सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको बताए ।

उनले ठुला दलहरु सुध्रने सम्भावना नरहेको बताउँदै समय खेर नफाली व्यवस्था परिवर्तनका लागि लाग्न आह्वान गरे । ‘ठूला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारलाई संरक्षण गर्न बनाएको बताएका हुन् । अहिले सत्तारूढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागि रहेका छन्’–उनले भने, ‘यी दलहरू सुध्रने कुनै सम्भावना छैन, समय खेर नफालौं, व्यवस्था परिवर्तन गर्न लागौं ।’

अध्यक्ष लिङदेनले संवैधानिक राजसंस्था, हिन्दु राज्य, प्रदेश खारेज, कार्यकारी प्रधानमन्त्री र मुलुकमा विदेशी हस्तक्षेप रोक्नका लागि राप्रपा आन्दोलनको तयारीमा रहेको उल्लेख गर्दै आफूहरुले चैतदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने समेत जनाए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजसंस्था सहितको प्रजातन्त्र अहिलेको आवश्कता रहेको बताए । उनले प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताउँदै संवैधानिक रुपमा राजा अपरिहार्य रहेको बताए । उनले राजा देशको मालिक भएको उल्लेख गर्दै दलका नेताहरुलाई भडुवाको आरोप लगाए । भ्रष्टाचार गर्न र मुलुकलाई कंगाल बनाउनेहरुका विरुद्ध आन्दोलन गर्न पनि आह्वान गरे ।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डे, अर्का उपाध्यक्ष धुव्रबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, पूर्वमन्त्री निरञ्जन थापाले गणतन्त्र र धर्मनिरपेक्षता ०६२र०६३ सालको जनआन्दोलनको ऐजेन्डा नै नरहेको बताउँदै अब जनताकै बलमा राजसंस्था र हिन्दु राज्य ल्याउने बेला आएको बताए । आमसभा अघि प्रदेशभरिबाट भेला भएका राप्रपा समर्थकहरुल ेबुटवलमा बाजागाजा सहित प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : ०२ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको