काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय ललितपुरको ग्वार्को चोकमा सरेको छ । पार्टी कार्यालयको आइतबार पार्टी अध्यक्ष अशोककुमार राईले उद्घाटन गरेका छन् । सो अवसरमा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको नेता प्रदीप यादवले जानकारी दिए । पार्टी कार्यालय उद्घाटनपछि भएको छलफलमा जसपा नेताहरूले पार्टीको आगामी यात्रा, संगठन सुदृढीकरण,…