२ असार २०८३, मंगलबार | June 17, 2026

रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाट/संवाद गर्नेगरी सर्वाङ्गीण संवादको तयारीका लागि प्रदेश समितिलाई निर्देशन दिएको छ ।

आज बसेको रास्वपाको सचिवालय बैठकले पार्टीका केन्द्रीय पदाधिकारीहरुको संलग्नतामा फागुन तेस्रो सातादेखि सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरे । पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा सुझाव लिँदै सदनलाई जनता र राष्ट्रप्रति थप जवाफदेही बनाउन प्रयत्नशील रहने विषयमा छलफल गरिएको थियो ।

बैठकले पार्टीका विविध गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, ¥यापिड एक्सन टिम (¥याट) नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ र सम्पर्क विभाग नियमावली २०८१ पारित गरेको पनि उनले सुनाए ।

पार्टीका केन्द्रीय सदस्यको राजनीतिक अभिमुखीकरणका लागि यही फागुन ९ र १० गते आयोजना हुन लागेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारी भएको र क्रमशः प्रदेश, जिल्ला र पालिका तहसम्म यस्तो प्रशिक्षण सञ्चालन गर्दै जाने रास्वपाले जनाएको छ ।

यसैगरी पार्टीको केन्द्रीय सङ्गठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको छ । बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिसबमोजिम कविन्द्र कार्की (काठमाडौँ) र राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन गरिएको हो ।

पार्टीका पदाधिकारी तथा सदस्यको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्यविधि तयार गरी १५ दिनभित्र पेस गर्ने निर्णय पनि रास्वपा सचिवालय बैठकले गरेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा आउँदो चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विशुद्ध विद्यार्थी मात्र संलग्न हुनुपर्ने रास्वपाको निर्णय छ ।

शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने साथै पार्टीको कुनै संलग्नतासमेत नरहने पनि कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए । स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई स्वस्थ रुपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपिल गर्ने निर्णय पनि रास्वपाले गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : ४० बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ