१४ पुस २०८२, सोमबार | December 29, 2025

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा आजको स्थायी समिति बैठक केन्द्रित हुने बताइएको छ । बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित भएका छन् ।