रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गरेका छन् । जनतासँगको भेटघाटका क्रममा उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताए। “परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यस पटक म विकासका लागि तपाइँहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु।…