नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेले कोहलपुरको एउटा खानेपानी उपभोक्ता संस्थामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्यानलसहित उम्मेदवारी दिएका विष्णुप्रसाद तिवारीलाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसका क्रियाशील सदस्य एवम् कोहलपुर नगरपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष रहेका तिवारीलाई बाँके कांग्रेसले पार्टीबाट निष्काशन गरेको हो । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ८ का क्रियाशील सदस्य हरिप्रसाद अधिकारीले…