२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

खानेपानी उपभोक्ता समितिमा बागी उठेको भन्दै बाँके कांग्रेसबाट दुई कार्यकर्ता निष्काशन



नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेले कोहलपुरको एउटा खानेपानी उपभोक्ता संस्थामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्यानलसहित उम्मेदवारी दिएका विष्णुप्रसाद तिवारीलाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसका क्रियाशील सदस्य एवम् कोहलपुर नगरपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष रहेका तिवारीलाई बाँके कांग्रेसले पार्टीबाट निष्काशन गरेको हो ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ८ का क्रियाशील सदस्य हरिप्रसाद अधिकारीले अन्य समूहका उम्मेदवारहरुको प्रस्तावक र समर्थक भई पार्टीलाई क्षती हुने कार्य गरेको भन्दै अधिकारीलाई पनि पार्टीबाट निष्काशन गरिएको छ ।

अनुशासन समिति संयोजक टंकप्रसाद काफ्ले (आशिष) ले तिवारी र अधिकारीलाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र पार्टीको नियमावली २०७६ परिच्छेद १० को बुँदा नम्बर २९ को १ (क) र (ङ) का साथै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन २०७९ को प्रतिवेदन १२ को (च) बमोजिम ५ बर्षका लागि पार्टीबाट निष्कासन गरिएको बताए ।

काफ्लेले कार्यकर्ताहरुलाई उनीहरुको प्रचारप्रसार नगर्न निर्देशन दिँदै त्यसो गरेको पाइएमा स्पष्टीकरण सोध्नुका साथै कारबाही गरिने चेतावनी दिएका छन् । कोहलपुर वृहत्तर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन साउन १२ गते हुँदैछ । उक्त निर्वाचनमा नेपाल कांग्रेसबाट टेकनारायण भुषालको प्यानल प्रतिष्पर्धामा छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : २६ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न