काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ। सोमबार बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठकमा कांग्रेसका तर्फबाट सहभागी नहुने निर्णय गरिएको कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्दम्बेले जानकारी दिए। समितिमा कांग्रेसबाट सचेतक निस्कल राई सांसद अर्जुननरसिंह…