काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित सरकारलाई समर्थन गर्ने ९ दलले शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरूप तार्किक निष्कर्षमा पुऱ्याउन प्रतिवद्धता जनाएका हुन् ।…