पोखरा । गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा रहेका छन् । यस्तै अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा टकराज गुरुङ रहेका प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले…