काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । पार्टी निकट गोरखा काठमाडौँ–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनताको लामो सङ्घर्षबाट प्राप्त भएको अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्न मोर्चाको आवश्यकता रहेको बताए…