काठमाडौं । संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल गर्न राणाले २२ पुसमा बैठक…