३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

निर्मला कुर्मी प्रकरणमा बसेको अनशनलाई डा.गोबिन्द केसीको एक्यवद्धता, आरोपित बादशाहले खाए शपथ



काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा भइरहेको तेस्रो चरणको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् ।

रुवि खानले नेतृत्व लिएको उक्त आन्दोलनमा डा. केसी, अधिवक्ता ओमप्रकाश अर्यालले आइतबार माइतीघर मण्डलामा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

बाँकेकी निर्मला कुर्मीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको आइतबार चार दिन भइसकेको छ ।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने चार बुँदे माग गरिएको छ ।

सोही समुहले निर्मला प्रकरणमा हत्याको आरोपमा किटानी जाहेरीमा परेका लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले आज प्रदेशसभा सदस्यको सपथ खाएका छन् । शपथ रोक्न माग गर्दै खान सहितको टोललिे लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई स्मरणपत्र बुझाएका थिए ।

प्रहरीले भारतमा कालगतीले मृत्यु भएको दाबी गरेपनि खान सहितको अधिकारकर्मीहरुले कुर्मीको जग्गा हडप्ने उद्देश्यले निर्मलाको हत्या गरेको आरोप लगाउँदै आएको छ । प्रदेशसभामा कांग्रेसबाट निर्वाचित बादशाह सहित ८ जना विरुद्ध निर्मलाका आफन्तले मुद्दा दर्ता गराएका छन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ५ : ३१ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष