सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीर कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारले विभिन्न आश्वासन दिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन् ।’ भेरी नगरपालिका-११ कटीगाउँका १ सय ५७ घर परिवार…