बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्छन । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गरेका हुन् । कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन्…