८ बैशाख २०८३, मंगलबार | April 22, 2026

वस्तु निर्यातमा २१.४ प्रतिशत र आयातमा १६.१ प्रतिशतले कमी



काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वस्तु निर्यातमा २१.४ प्रतिशत र आयातमा १६.१ प्रतिशतले कमी आएको जनाएको छ ।

शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ कायम भएको जनाएको छ ।

अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविनतेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीकासामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आई १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात २४।७ प्रतिशतले बढेको थियो । वस्तुआयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस, एम.एस.विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेकोछ । अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५४ खर्ब ४२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात २ खर्ब १३ अर्ब ५३ करोड बराबरको भएको थियो ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ४ : ४५ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति