काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो । जसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको र ५ अर्बको रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गर्न लागेको कार्यालयले जनाएको छ…