२९ असार २०८३, सोमबार | July 14, 2026

‘अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा समाहित गर्नुपर्छ’



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लागि अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा समाहित गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा आज आयोजित अन्तक्र्रियामा उनले देशको अर्थतन्त्र सदृढीकरणका लागि औपचारिक अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।

“औपचारिकीकरण निजी क्षेत्रका लागि मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रका लागि आवश्यक छ । औपचारिकीकरण केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो दिगो, समावेशी र प्रतिस्पर्धी अर्थतन्त्रको आधारशिला हो,” उनले भने, “यो अब विकल्प नभई आवश्यकता हो ।”

यसैगरी उनले व्यवसाय दर्ता प्रक्रियालाई सरल र डिजिटल बनाउन, कर प्रणालीलाई पारदर्शी र व्यवसायमैत्री बनाउन, अनौपचारिक क्षेत्रलाई औपचारिक बनाउन सहुलियत र प्रशिक्षण प्रदान गर्न र महिला, युवा तथा ग्रामीण उद्यमहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले महासङ्घले औपचारिकीकरणका पहललाई निरन्तर साथ दिँदै आएको र यो विषयमा थप प्रभावकारी कदम चाल्न सरकार, निजी क्षेत्र, र अन्य सरोकारवाला समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।

महासङ्घका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले यो छलफलले औपचारिकीकरणको विषयलाई थप स्पष्ट बनाउने उल्लेख गर्दै सरोकारवाहरूको संयुक्त प्रयासले मात्रै नेपालको अर्थतन्त्रलाई औपचारिक र समृद्ध बनाउन सकिने धारणा राखिन् ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयका सहसचिव एवं राष्ट्रिय औपचारिकीकरण समितिका अध्यक्ष प्रदीपकुमार कोइरालाले औपचारिकीकरणका लागि समितिले प्रभावकारी ढङ्गले काम गरिरहेको र यो निरन्तर भइरहने प्रक्रिया भएको बताए ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १० : २९ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस