काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको बताएका छन् । मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको ‘तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्घाटन गर्दै उनले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सृजना भएको बताएका हुन् । “दुई ठूला राजनीतिक दल…