१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन, ६ करोडको कारोबार

देशभरीका १६८ वटा उद्योग वाणिज्य संघलाई मात्र मेला र महोत्सव सञ्चालन अनुमति दिन माग



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ । यही १०–२२ माघसम्म आयोजना गरिए पनि निर्धारित मितिको अर्को दिन अर्थात १४औं दिनमा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष टंकबहादुर धामीले करिव डेढ लाख जनाले अवलोकन गरेको र करिब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिए । महोत्सवको तथ्याङ्क समितिले स्टल व्यवसायीसँग संकलन गरेको विवरणमा ६ करोडको कारोबार देखिए पनि वास्तविक रुपमा भने अझै धेरै रुपैयाँको कारोबार भएको आकलन गरिएकोे उनले बताए । अध्यक्ष धामीले महोेत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै केही दिनभित्रै महोत्सवको हिसाबकिताब सार्वजनिक गरिने बताए ।

संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्रीकृष्ण वैद्यको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष वैद्यले देशभरीका १६८ वटा उद्योग वाणिज्य संघलाई मात्र मेला र महोत्सव सञ्चालन गर्न अनुमति दिन सरकारसँग माग गरे । ‘हामी मेला महोत्सव रमाइलो र टाइम पासका लागि मात्रै गर्दैनौं । व्यापारिक प्रवर्द्धन गर्नु पनि मेलाको उद्देश्य हो’, उनले भने, ‘अहिले त मेला महोत्सव क्लब र संघसंस्थाहरुले पनि गर्न थालेका छन् । वडाध्यक्षले पनि मेला महोत्सव गर्न लागेको छन् भनेर दुःखका साथ भन्नु परेको छ । आर्थिक क्षेत्रको विज्ञता उद्योग वाणिज्य भएकाले संस्थालाई मात्र मेला महोत्सव गर्न दिनुपर्छ । त्यसैले नेपाल सरकारले मेला महोत्सव उद्योग वाणिज्य संघ मार्फत गर्नदिनुपर्छ भन्ने हाम्रो माग रहेको छ ।’

संंघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले स्वागत मन्तव्य दिएको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश प्रतिनिधि देवेन्द्र पाण्डे, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईलगायतले महोत्सव सफलतापूर्वक सम्पन्न गरेकोमा नेपालगन्ज उद्योग वाणिज्य संघलाई बधाइ दिएका थिए ।

समापन समारोहमा संघले महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरेको थियो । प्रादेशिक महोत्सव समापनको अवसरमा बाल गायक सुप्रिम मल्लको प्रस्तुती दिएका थिए । छाता ओढाइ देउ न…., तिम्रै पीर चिन्ताले….लगायतका गीत गाएका थिए । समापन समारोहमा देउडा गायक नवराज खनाल र निरुता खत्रीले प्रस्तुती दिएका थिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : २५ बजे

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर