३ श्रावण २०८३, आइतबार | July 20, 2026

प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन, ६ करोडको कारोबार

देशभरीका १६८ वटा उद्योग वाणिज्य संघलाई मात्र मेला र महोत्सव सञ्चालन अनुमति दिन माग



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ । यही १०–२२ माघसम्म आयोजना गरिए पनि निर्धारित मितिको अर्को दिन अर्थात १४औं दिनमा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष टंकबहादुर धामीले करिव डेढ लाख जनाले अवलोकन गरेको र करिब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिए । महोत्सवको तथ्याङ्क समितिले स्टल व्यवसायीसँग संकलन गरेको विवरणमा ६ करोडको कारोबार देखिए पनि वास्तविक रुपमा भने अझै धेरै रुपैयाँको कारोबार भएको आकलन गरिएकोे उनले बताए । अध्यक्ष धामीले महोेत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै केही दिनभित्रै महोत्सवको हिसाबकिताब सार्वजनिक गरिने बताए ।

संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष श्रीकृष्ण वैद्यको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष वैद्यले देशभरीका १६८ वटा उद्योग वाणिज्य संघलाई मात्र मेला र महोत्सव सञ्चालन गर्न अनुमति दिन सरकारसँग माग गरे । ‘हामी मेला महोत्सव रमाइलो र टाइम पासका लागि मात्रै गर्दैनौं । व्यापारिक प्रवर्द्धन गर्नु पनि मेलाको उद्देश्य हो’, उनले भने, ‘अहिले त मेला महोत्सव क्लब र संघसंस्थाहरुले पनि गर्न थालेका छन् । वडाध्यक्षले पनि मेला महोत्सव गर्न लागेको छन् भनेर दुःखका साथ भन्नु परेको छ । आर्थिक क्षेत्रको विज्ञता उद्योग वाणिज्य भएकाले संस्थालाई मात्र मेला महोत्सव गर्न दिनुपर्छ । त्यसैले नेपाल सरकारले मेला महोत्सव उद्योग वाणिज्य संघ मार्फत गर्नदिनुपर्छ भन्ने हाम्रो माग रहेको छ ।’

संंघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले स्वागत मन्तव्य दिएको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश प्रतिनिधि देवेन्द्र पाण्डे, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईलगायतले महोत्सव सफलतापूर्वक सम्पन्न गरेकोमा नेपालगन्ज उद्योग वाणिज्य संघलाई बधाइ दिएका थिए ।

समापन समारोहमा संघले महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरेको थियो । प्रादेशिक महोत्सव समापनको अवसरमा बाल गायक सुप्रिम मल्लको प्रस्तुती दिएका थिए । छाता ओढाइ देउ न…., तिम्रै पीर चिन्ताले….लगायतका गीत गाएका थिए । समापन समारोहमा देउडा गायक नवराज खनाल र निरुता खत्रीले प्रस्तुती दिएका थिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : २५ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग