मुस्ताङ । नेपाल–चीन सिमाना उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने जनाएको हो । नेपाल–चीन कोरलानाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन भएको पूर्वाधार विकास…