२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला



बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका मुख्य शहरमा पाँच दिने एक्सचेन्ज मेला संचालन गरेको छ । नेपालका लागि आधिकारिक विक्रेता भिजि अटो मोबाईल र बुटवल क्षेत्रको अधिकृत विक्रेता बागमती मोटरसाईकल सेन्टरले शुक्रबारदेखी बुटवल ईट्टाभट्टीमा एक्सचेन्ज मेला संचालन गरेको छ ।

अग्रेजी नयाँ वर्ष अफर अन्तरगत मेला राखिएको कम्पनीका सर्भिस हेड कल्याण दवाडीले बताए । हाल सुजुकीका ३ वटा स्कुटी र २ वटा बाईक बजारमा आएको छ । अफर अन्तरगत उपभोक्तालाई ५ वर्ष वारेन्टी र सर्भिसिङको सुविधा दिईने उनले बताए । स्कुटीको नया भर्सेज समेत आउने तयारीमा रहेको उनले बताए ।

सर्भिस हेड दवाडीका अनुसार मेलामा नागरिकताबाट नै फाईनान्सका साथै नगद १० हजार रुपैया र एडिसन अफर १० हजार रुपैयाको सुविधा पाउने ब्यवस्था रहेको छ ।

बागमती मोटरसाईकल सेन्टरले बुटवल क्षेत्रमा सुजुकीको अधिकृत विक्रेता रहेर सुजुकीको दुईपाँग्रे सवारीको बिक्री वितरण गरिरहेको छ । कालिकानगर शंकरमान पथमा यसको शोरुमबाट विक्रीपछिको सम्पूर्ण सेवा दिदै आएको सेन्टरका संचालक चिरन्जिवि श्रेष्ठले बताए । सुजुकी ब्राण्ड विश्वमा नै उत्कृष्ट रहेको भन्दै अहिले विक्रि पछिको सेवालाई मुख्य प्राथमिकतासहित अघि बढेको उनले बताए ।

काठमाडौं, भक्तपुर, ललितपुर, सुख्खड, तुल्सिपुर, सुर्खेत, धरान, दमक, ईलाम, बिरगंजमा मेला चलेको छ । बजारमा सुजुकीको भि स्टोर्म एसएफ बाईक बजारमुल्य ६ लाख ९९ हजार ९ सय, जिक्सर १५५ बाईकको बजार मूल्य ३ लाख ९९ हजार ९ सय रुपैया तथा एभिनिस १२५ स्कुटीको बजार मूल्य ३ लाख ६ हजार ९ रुपैयामा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : ३२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार