३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सिन्धुलीको एसबीआई बैंकमा लुटपाट, सुरक्षा गार्डको हात काटियो



काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र तथा योजनाबद्ध रूपमा लुटपाट भएको छ । लुटेरा समूहले बैंकका सुरक्षा गार्ड रुद्र कार्कीमाथि आक्रमण गरी हात काट्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४५ बजे लुटेरा समूहले बैंकमा प्रवेश गरी कर्मचारीहरूलाई नियन्त्रणमा लिँदै बाँधेका थिए । त्यसपछि उनीहरूले सुरक्षा गार्डमाथि निर्मम आक्रमण गरी बैंकभित्र रहेको नगद बोरा-बोरामा भरेर जंगलतर्फ फरार भएका हुन् ।

घटनापछि रातिको समयमा स्थानीयवासीले जंगलतर्फ केही बोरा नगद फेला पारेका थिए । लुटपाट भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थलमा पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न समूहको पहिचान र पक्राउका लागि विशेष खोजी अभियान सञ्चालन भइरहेको छ ।

हालसम्म बैंकबाट कति रकम लुटिएको भन्ने आधिकारिक विवरण सार्वजनिक भइनसकेको प्रहरीले जनाएको छ । घाइते सुरक्षा गार्डको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : २४ बजे

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०