३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलको पशु बधशाला सञ्चालनमा, सुख्खानगर र होराइजन चोकमा बिक्री कक्ष स्थापना

बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ। बुटवल १० धागो कारखानानजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी परीक्षण गरेपश्चात् बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। बधशालासँगै सुख्खानगर र होराइजन चोकनजिकै दुईवटा मासु बिक्री कक्ष उद्घाटन गरिएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मासु बिक्री कक्षको शुभारम्भ गर्दै बुटवल र…