नेपालको बर्तमान अर्थतन्त्रको परिदृश्य पक्कै पनि अपेक्षा गरे अनुरुप छैन । आयात बढ्दो छ, विदेशी मुद्राको सञ्चितीमा दबाब श्रृजना भएको छ, उत्पादनशील जनशक्तिलाई श्रमिकको रुपमा निर्यात गरेर विदेशी मुद्राको आर्जन गरिरहेको अवस्था छ, आन्तरिक उत्पादनको अवस्था कमजोर रहेको छ, राजश्वले बल्लतल्ल चालु खर्च मात्र धानिरहेको छ, पुँजीगत खर्चको लागि बिदेशी ऋणमा निर्भर रहेको छ र…