११ बैशाख २०८१, मंगलबार | April 23, 2024

सत्ता गठबन्धनका उम्मेदवारले गरे उद्योगीसामु विकासको साझा प्रतिबद्धता



बुटवल । औद्योगिक विकासको लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भइरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरूको प्रतिबद्धता छ ।

रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धन निकटका उद्योगी व्यवसायीहरूसँग सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केशवबहादुर थापा, प्रदेश (१) का उम्मेदवार दीर्घबहादुर (कुमार) केसी र प्रदेश (२) का उम्मेदवार वामदेव क्षेत्रीले यस क्षेत्रको आर्थिक विकासको लागि ठोस योजना र कार्यक्रम तर्जुमा गरी लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
त्यस्तै बुटवल रामनगरको औद्योगिक क्षेत्रको व्यवस्थापनमा सघाउ पुर्‍याउने, व्यवसायिका लागि सस्तो व्याजदरमा शुलभ तरिकाले कर्जा उपलब्ध हुने वातावरण मिलाउने उनीहरूको प्रतिबद्धता छ । औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुरहरुको हितको लागि सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने व्यवस्था, न्यूनतम पारिश्रमिकको व्यवस्था, रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण बनाउन ठोस कार्यक्रम ल्याउने उनीहरुको प्रतिबद्धता छ ।

त्यस्तैगरी न्यून आय भएका गरिब तथा विपन्न वर्गका महिलाका लागि उद्यमशीलता कार्यक्रम, युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्न विशेष कार्यक्रम र छुट्टै स्वरोजगार कोषको व्यवस्था मिलाउने उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले यस क्षेत्रको औद्योगिक विकासको लागि गठबन्धन प्रतिबद्ध रहेको बताए । यस क्षेत्रमा औद्योगिक विकासको लागि मोतिपूर औद्योगिक क्षेत्रलाई व्यवस्थित गरेर पूर्णता दिने प्रतिबद्धता जनाए । त्यस्तै बुटवल औद्योगिक क्षेत्र, बुटवल धागो कारखानालाई समेत व्यवस्थापन गर्ने उनको भनाइ छ । त्यस्तै निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । औद्योगिक क्षेत्रको विकास तथा लगानीको वातावरण सिर्जना गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने उनको भनाइ छ ।

त्यस्तै रुपन्देही २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले औद्योगिक विकास, कृषिमा व्यवसायिक विकास तथा पर्यटन उद्योगको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिईने बताए । उनले औद्योगिक विकासका माध्यमबाट आयात प्रतिस्थापन गर्दै निर्यातलाई जोड दिइने र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष प्राथमिकता दिइने बताए । यसले उच्च विन्दुमा भइरहेको आयात प्रतिस्थापन तथा नयाँ रोजगारीको पनि सिर्जना हुने र युवाशक्तिले रोजगारीको अवसर प्राप्त गर्ने उनको भनाई छ ।

त्यस्तै प्रदेश (२) का उम्मेदवार बामदेव क्षेत्रीले आफू प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गर्दा औद्योगिक विकासको लागि खाका बनाएको र सोही अनुसारका कामलाई प्राथमिकता दिएको बताए ।

त्यस अवसरमा उद्योगी व्यवसायीहरुले पटक पटक जितेका उम्मेदवारबाट औद्योगिक विकासको साटो वातावरण नै बिगार्ने काम भएकोले त्यसलाई सुधार गरेर मोतिपुर औद्योगिक क्षेत्रलाई परिस्कृत गरेर भएपनि निर्माण गर्नुपर्ने भनाइ राखेका थिए । त्यस्तै लगानीको वातावरण, लगनाी सुरक्षाको प्रत्याभूति, सरल र सहज कर्जाको व्यवस्था अपरिहार्य रहेको उनीहरुको भनाइ थियो ।

सत्ता गठबन्धन उद्योगी व्यवसायी तथा पेशाकर्मी परिचालन समितिका संयोजक खिमबहादुर हमालले यहाँका सबै उद्योगी व्यवसायीहरु सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा रहेको र निर्वाचन जितेर गइसकेपछि व्यवसायीका समस्या सम्बोधन गरी समाधान गर्न आग्रह गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ३८ बजे

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने