११ बैशाख २०८१, मंगलबार | April 24, 2024

पुँजीगत खर्च बढाउन सके ब्याजदर स्वतः घट्छ : पूर्वगभर्नर नेपाल

भन्छन् – उद्योगीलाई बैंकमा लगानी गर्न रोक्नुपर्छ



बुटवल । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुव्लाउने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको उद्योगी व्यवसायीसँगको छलफलमा पूर्वगभर्नर नेपालले ब्याजदर घटाउन सरकारले पनि ठोस आर्थिक नीति ल्याउन नसकेको टिप्पणी गरे । ‘पुँजीगत खर्च बढाउन सक्ने हो र बजारमा पैसा आउने हो भने ब्याजदर स्वतः घट्छ, यसका लागि सरकारले उद्योग धन्धामा लगानी बढाउनुपर्छ’, उनले भने ।

बैंकको स्प्रेड दर घटाउने, आधार दर साढे ७ वा ८ प्रतिशतमा झार्ने र सिडिरेसियो कम गर्ने हो भने बैंकको ब्याजदर घटाउन सकिने नेपालको तर्क छ । अहिले बैंक वित्तीय संस्थाले मुद्दति निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर दिंदै आएका छन् भने कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पुर्‍याएका छन् ।

सरकारले आर्थिक सुधारको नीति अवलम्बन गर्नुको साटो केन्द्रीय बैंकसँग निहुँ खोज्ने काम गरेको र केन्द्रीय बैंकले पनि मौद्रिक नीति बनाउँदा अहिलेको अर्थतन्त्रको मूलभूत समस्या सम्बोधन गर्न चुकेको उनको भनाइ छ । कोरोना महामारी तथा रुस–युक्रेन युद्धका कारण मुद्रास्फीतिमा चाप पर्दा अर्थतन्त्रमा समस्या आएको विश्लेषण गर्दै पूर्वगभर्नर नेपालले भने– ‘अब अर्थतन्त्र माथि उकास्नका लागि सरकारले बजारमा पर्याप्त पैसा पठाउनु पर्छ ।’

अर्थतन्त्रमा संकट आए पनि नेपाल श्रीलंकाको अवस्थामा भने नपुग्ने पूर्वगभर्नर नेपालको विश्लेषण छ । ‘श्रीलंका मूलतः चर्को ब्याजमा लिएको वैदेशिक ऋणको मारमा परेर संकटमा पुगेको हो, तर नेपालले लिएको वैदेशिक ऋण सहुलियतपूर्ण ब्याजदरमा छ । सात अर्वमा झरेको विदेशी मुद्राको संचिति नौ अर्व ३५ करोड पुगेको छ, त्यसैले डराउनुपर्ने अवस्था छैन,’ उनले भने ।

सरकार उद्योग स्थापना गर्ने भन्दा पनि राजस्वमुखी भएकाले दीर्घकालका लागि भने समस्या हुन सक्ने उनको विश्लेषण छ । ‘सरकारले उद्योगी व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा अरवौं रकम उद्योगी व्यवसायीलाई दिएको छ, तर त्यो उद्योग स्थापनामा लगानी हुन सकेको छैन, सरकारले यसमा जोड दिनुको साटो आयातमा जोड दिएर राजस्व बढी उठाउने नीति लिएको छ, जसले दीर्घकालमा संकट निम्त्याउन सक्छ,’ उनले भने ।

कोभिडको असरलगत्तै रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य भारीमात्रामा वृद्धि भएको र जसका कारण डलरमा  पेट्रोलियम पदार्थको आयात गर्दा वैदेशिक मुद्राको सन्चितीमा गिरावट आएको र राष्ट्रबैंकले यसको अवस्थामा सुधार ल्याउन डलर खर्च गरेर ल्याउनुपर्ने महँगा मालवस्तुको आयात नियन्त्रण गर्नुपर्ने अवस्था आएको भन्दै उनले अब यो धेरै समय नरहने विश्लेषण गरे ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले चर्को व्याजदरका कारण उद्योगी व्यवसायीहरू ठूलो मारमा परेको भन्दै निकासका लागि पहल गर्न आग्रह गरेका थिए । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एजाज आलम, लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद कँडेल, महासचिव जेपी कँडेल, राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीलगायतले व्यापार व्यवसायमा ५० प्रतिशत ह्रास आएको तर ऋणको ब्याजदर शतप्रतिशत बढेको भन्दै ब्याजदर घटाउने उपायका बारेमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : १३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना