नेपालगन्ज । राष्ट्रिय खेलकुद परिषदले नेपालगन्ज रङ्गशालामा लगाएको ठेक्कामा भ्रष्टाचार भएको भन्दै बाँके जिल्ला खेलकुद विकास समितिका पदाधिकारीले आन्दोलनको घोषणा गरेका छन् । नेपालगन्ज रङ्गशालामा गुणस्तर नियन्त्रणविनै गुणस्तरहिन काम भइरहेको आरोप लगाउँदै जिल्ला समितिका पदाधिकारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । गुणस्तरहिन काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराउँदा पनि राखेपबाट सुनुवाई नभएपछि जिल्ला खेलकुद विकास समितिका…