काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको…