काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय बेहोरेको छ । शनिबार अमेरिकासँग चार विकेटले पराजित भएसँगै नेपाल यस भ्रमणमा अहिलेसम्म अंकविहीन बनेको छ । अब नेपालको एक मात्र खेल यूएईसँग बाँकी छ । अन्तिम खेलमा जित हासिल गरे नेपालले २ अंक बटुल्नेछ,…