४ पुस २०८२, शुक्रबार | December 19, 2025

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्ने बताइएको छ । यसका लागि कानूनमन्त्री दिलेन्द्रप्रसाद बढुले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् । सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेपछि राष्ट्रपतिले संसदका दुवै अधिवेशनको अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।