११ बैशाख २०८१, मंगलबार | April 24, 2024

फेरि ढकेलियाे काँग्रेस महाधिवेशनकाे मिति (नयाँ तालिका सहित)



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन गर्ने निर्णयलाई परिवर्तन गर्दै अव मंसिर २७ गतेदेखि पुस १ गतेसम्म महाधिवेशन गर्ने गरि नयाँ तालिका प्रस्ताव गरिएको छ । पूर्व निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पछाडी सारेको हो ।

केन्द्रीय निर्वाचन समितिको आजको बैठकले सार्वजनिक गरेको नयाँ तालिका अनुसार वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ भने कात्तिक ३० मा पालिका अधिवेशन सक्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै, मंसिर ३ मा प्रदेशसभा क्षेत्र अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्नेगरी कार्यतालिका बनाइएको छ । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ कार्यतालिमा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने उल्लेख छ ।

मंगलबार कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गर्न निर्वाचन समितिलाई जिम्मा दिए अनुसार समितिले नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले बताए । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ तालिका केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि मात्र तालिका कार्यान्वयनमा आउने छ ।

कांग्रेसको प्रदेश २ का ८ र अन्य ५ गरी १३ जिल्लामा वडा अधिवेशन समेत हुन सकेको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद पनि समाधान हुन बाँकी नै छ ।

नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ कार्यतालिका :

कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडारपालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
मंसिर १० गते : जिल्ला अधिवेशन
मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
मंसिर २७ देखि पौष १ गते : केन्द्रीय महाधिवेशन

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : १३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना