काठमाडौं । सरकारले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै कुटनीतिक पहलबाट भारतसंगको सिमा समस्याको समाधान निकाल्ने प्रतिवद्धता जनाएको छ । आईतबारको प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सदनलाई जानकारी गराउदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता, स्वभिमान, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षाका निम्ति दृढता पुर्वक अघि बढ्ने बताउनुभएको हो । ज्ञवालीले नेपालको पश्चिमी सिमाना महाकाली, लिपुलेक र कालापानी…