८ बैशाख २०८१, शनिबार | April 20, 2024

पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको शुक्रबार स्थगित भएको सचिवालय बैठक आज बस्दैछ ।

पुष्पकमल दाहाल प्रचण्ड पार्टीको कार्यकारी बनेपछिको यो पहिलो सचिवालय बैठक हो ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारीको हैसियत दिएको थियो । यस्तै, अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने निर्णय भएको थियो ।

आजको बैठकमा स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ ।

बैठक नेकपा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ । यसअघिका सबै बैठकहरु प्रधानमन्त्री निवास बालुवाटार एवं पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरेको थियो ।

पूर्वमाओवादीको पार्टी कार्यालय रहेको पेरिसडाँडामा पार्टी एकीकरणपछि कुनै पनि बैठक बसेको थिएन ।

भौतिक दूरी कायम गर्दै बैठक बस्न पेरिसडाँडा कार्यालय उपयुक्त देखिएका कारण सोही ठाउँ छनौट गरिएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन् ।

सचिवालय बैठकका लागि गत बिहीबार नै पेरिसडाँडाको माथिल्लो तलास्थित बैठक कक्षलाई तयारी अवस्थामा राखिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ५२ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु