१३ पुस २०८२, आइतबार | December 28, 2025

इजरायलमा मृत्यु भएकाको शव र स्वदेश आउन चाहनेलाई तत्काल फर्काउन सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । सभामुख घिमिरे आज जारी गरेको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गर्दै उक्त आग्रह गरेका हुन् ।…