१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

विदाका दिन चलाइएका सरकारी नम्बर प्लेटका सवारी साधन बिद्यार्थीको कब्जामा

नेपालगन्ज । बिदाको दिन संचालन हुने सरकारी सवारी साधन नियन्त्रण गर्न सरकारी निकायले उदाशिनता देखाएपछि बाँकेमा एमाले निकट अनेरास्ववियुले हस्तक्षेप गरेको छ । बिना प्रयोजन सार्वजनिक विदाका दिन चलाउने सरकारी सवारी साधन नियन्त्रण गर्न प्रशासनले बेवास्ता गरेको भन्दै अनेरास्ववियु बाँकेले आज सडकबाटै सरकारी नम्बर प्लेटका सवारी साधन कब्जामा लिई त्यसको साँचो ट्राफिक प्रहरीलाई बुझाएको छ…