६ पुस २०८२, आइतबार | December 21, 2025

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको प्रवक्ता डा मुकुल ढकालले जानकारी दिएका छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ ।