काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने कुराकानी भएको छ…