२३ असार २०८३, मंगलबार | July 7, 2026

लुम्बिनी प्रदेश सरकारमा कोही राज्य र सहायक मन्त्री हुनेछैनन् : मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ७ दिन भित्र प्रदेश मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । खबरकुरासँगको विशेष अन्तर्वार्तामा मुख्यमन्त्री गिरीले संख्याको विषयमा सहमति कायम भइसकेको जनाए । उनले विस्तार हुने मन्त्रिमण्डल ९ सदस्सीय हुने जानकारी दिँदै अवको मन्त्रिपरिषदमा कुनै राज्य र सहायक मन्त्री नराखिने बताए ।

उनले संबिधान मान्छु भनेर सरकारमा र सत्ता गठबन्धनमा सहभागी भएपछि संघीयता मान्दीन भन्न नमिल्ने बताउँदै संबिधान स्विकार गर्नु नै संघीयता मान्छु भनेर कबुलेको बताए । दलका नेताहरुले भ्रष्टाचार नियन्त्रण गर्न आफैबाट शुरु गर्नु पर्ने उल्लेख गर्दै आफैबाट सदाचार र नैतिकता प्रदर्शन गर्न सकेमात्र भ्रष्टाचार नियन्त्रण भएर सुसासन कायम हुने स्पष्ट पारे ।

प्रदेशको राजधानी रहेकै स्थानमा बसेर काम नगर्दा सम्म राजधानी निर्माणले गति लिन नसक्ने उल्लेख गर्दै मुख्यमन्त्री गिरीले राजधानी निर्माणका लागि पनि स्थायी राजधानीबाट कार्यसम्पादन अनिवार्य भएको बताए । देउखुरी उपत्यका प्रदेशका बारै जिल्लाका नागरिकलाई पायक पर्ने क्षेत्र भएको उल्लेख गर्दै उनले सबै जिल्लाबाट बिहान आएर बेलुका घर फर्कन सक्ने स्थानमा राजधानी बनाउने निर्णय गरिएको बताए ।

मुख्यमन्त्रीसँगको अन्तर्वार्ता आज साँझ ७ बजे खबरकुराको फेसबुक पेज, खबरकुराको साइट र खबकुराको फेसबुक मार्फत हुर्न र सुन्न सकिन्छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ३ : ३८ बजे

पर्वतको पैयूँ गाउँपालिकामा आधुनिक बाल उद्यान निर्माण

पर्वत । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन

मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष