१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

मैले गरेको विकासको काम जनताले बुझेनन्, अब पार्टी बनाउन लाग्छु : शंकर पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले मुलुकलाई राजनीतिक स्थायित्वमा लैजाने आफ्नो प्रयास असफल भएको बताएका छन् । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा माओवादीका रेखा शर्मासँग पराजित भएको भोलिपल्ट पोखरेलले पत्रकार सम्मेलन गरेर उक्त प्रतिक्रिया दिएका हुन् । पोखरेलले आफुलाई संसदीय प्रक्रियामा आउन नदिएको जिकिर गर्दै अब पार्टी संगठन सुदृढिकणमा केन्द्रित हुने बताए ।…